प्रदेश स्तरीय महिला क्रिकेट तेश्रो दिन : सर्लाही र बारा बिजयी


२ पुष राजबिराज ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो दिनको खेलमा सर्लाहिले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ ।

राजरंगशाला संचालित पहिलो खेल अन्र्तगत सर्लाहिले टसजिती सप्तरी बिरुद्ध पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेल १५ ओभरमा ५ बिकेटको नोक्सानीमा २ सय १५ रन बनाएका थिए । सर्लाहिका लागि मेलिना रायमाझीले ५९ बलमा १२ चौक्का मद्धतले अविजित ७८ रनको योगदान दिएका थि भने श्रेया थापा १९ रनमा अविजित रहेका थिए । बलिंग तर्फ सप्तरीका नविता चौधरीले ३ बिकेट तथा सिता चौधरीले १ बिकेट लिएका थिए । सप्तरीले निर्धारित समय भन्दा ढिलो ओभररेटका कारण स्थानीय अवस्थालाई आधार मानी प्रति ओभर १० रनका दरले कुल ५० रन पेनाल्टी वापत दिएका थिए ।

२ सय १६ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरी १६ ओभरमा ९ बिकेट गुमाई १ सय ४६ रन बनाएका थिए । सर्लाहिले समेत ढिलो ओभररेटका कारण १० रनका दरले कुल ४० रन पेनाल्टी वापत दिएका थिए । सप्तरीका नविता चौधरी ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ सर्लाहीका दुर्गा कार्कि र दिया बिकले सामान २ बिकेट तथा मिनिका कुमारी साह, यमुना श्रेष्ठ र सरला श्रेष्ठले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरे वापत सर्लाहीका मेलिना रायमाझी भएका थिए ।

बिहिवार नै सम्पन्न एक अर्को खेलमा बाराले सिरहा बिरुद्ध टसजिती बाराले ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेट गुमाई ८४ रन बनाएका थिए । बाराका लागि साना प्रविनले ६३ बलमा ३ चौक्काको मद्धतले अविजित ३३ रन बनाएका थिए भने चान्दनी अधिकारीले १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ सरस्वती चौधरीले २ बिकेट तथा सन्तोषी चौधरी र कविता गौतमले सामान १ बिकेट लिएका थिए ।
८५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै १० ओभर ५ बलमा १ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । सिरहाका लागि अनुराधा चौधरीले २७ बलमा ६ चौक्काको मद्धतले ३८ रन बनाएका थिए भने उर्मिला चौधरीले ३५ बलमा ३ चौक्काको मद्धतले २६ रनको योगदान दिएका थिए । दुवै खेलाडि अविजित रहेका थिए ।
खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत सिरहाका अनुराधा चौधरी म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगिता अन्र्तगत शुक्रवार पहिलो खेल सप्तरी र महोतरी बिच तथा दोश्रो खेल सिरहा र सर्लाहि बिच हुने सप्तरी क्रिकेट संघका सदस्य शम्भु दासले जानकारी गराउनु भएको छ ।

अंक तालिका

Name of Team Match Win Loose N/R Point NRR
Mahottari 2 1 1 0 2 1.61
Sarlahi 2 1 1 0 2 -1
Siraha 3 3 0 0 6 3.38
Saptari 2 0 2 0 0 -5.79
Bara 3 1 2 0 2 -0.87

 

तस्विरहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *