प्रदेश स्तरीय महिला क्रिकेट दोश्रो दिन : सिरहा र बारा बिजयी

१ पुष, राजबिराज ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा सिरहाले महोतरीलाई तथा बाराले सर्लाहीलाई पराजित गरेको छ ।

राजरंगशाला संचालित पहिलो खेल अन्र्तगत महोतरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय २९ रनको योगफल तयार पारेका थिए । महोतरीका लागि शोभा आलेले ३२ बलमा ५ चौक्काको मद्धतले ३८ रन तथा बिमला मगरले २९ बलमा २ चौक्काको मद्धतले २५ रनको योगदान दिएका थिए । बलिंग तर्फ सिरहाका सन्तोषि चौधरी र कविता गौतमले सामान १ बिकेट लिएका थिए ।

१ सय ३० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै १ बिकेटकै नोक्सानीमा प्राप्त गरेका थिए । सिरहाका लागि आरति चौधरीले प्रतियोगिताकै पहिलो अर्धशतक बनाउदै ४८ बलमा ९ चौक्काको मद्धतले ५२ रनको योगदान दिएका थिए भने आरती चौधरी ५६ बलमा ३२ तथा सरस्वती चौधरी १४ रनमा नटआउट रहेका रहेका थिए । बलिंग तर्फ एक मात्र बिकेट महोतरीका गोमा आलेले प्राप्त गरेका थिए ।
खेलमा उत्कृष्ट ब्याटिंग गरेका सिरहाका अनुराधा चौधरीलाई म्यान अफ द म्याच प्रदान गरियो ।

बुधवारनै सम्पन्न एक अर्को खेलमा सर्लाहीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई ६९ रनको योगफल तयार पारेका थिए । सर्लाहिका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेका थिएन भने अतिरिक्त रनको रुपमा ४४ रन प्राप्त गरेका थिए । बलिंग तर्फ बाराका साना प्रबिनले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १ मेडन सहित ८ रन दिई ४ बिकेट प्राप्त गरेका थिए भने चान्दनी अधिकारीले ४ ओभरमा १४ रन दिई ४ बिकेट प्राप्त गरेका थिए ।

७० रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बाराले उक्त लक्ष्य सजिलै ६ ओभर ४ बलमा बिना बिकेट गुमाई प्राप्त गरेका थिए । बाराका लागि साना प्रबिनले ३० बलमा १ चौक्का सहित २० रनमा नटआउट रहेका थिए भने अतिरिक्तको रुपमा ४६ रन प्राप्त गरेका थिए ।
खेलको म्यान अफ द म्याच बाराका साना प्रबिन भएका थिए ।

तस्विरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *