प्रदेश स्तरीय क्रिकेट तेश्रो दिन : सप्तरीको बिजय शुरुवात

म्यान अफ द मयाच महवुव आलम

२६ मंसिर, जनकपुर ।
धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई सजिलै ७ बिकेटले पराजित गर्दै बिजय शुरुवात गरेको छ ।

बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि सिरहालाई निम्तो दिए पछि ब्याटिंग गर्न आएका सिरहाले निर्धारित ५० ओभरको खेलमा ३५ ओभर ५ बलमा आफना सम्पुर्ण बिकेट गुमाई १ सय ७९ रनमै समेटिएको थियो । सिरहाका लागि शुभमान गतराजले ६४ बलमा ८ चौक्काको मद्धतले ४९ रन, प्रदिप पासवानले ३७ तथा राकेश कामेत ३० र रुपेश सिंहले २० रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरीका तर्फबाट अजय यादवले ६ ओभरमा ३२ रन दिई ३ बिकेट तथा रोहित सिंह, महवुव आलम र अनुज यादवले सामान २ बिकेट लिएका थिए भने रोबिन सिंहले १ बिकेट लिएका थिए ।

१ सय ८० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले उक्त लक्ष्य २७ ओभरमा भेटाएका थिए । सप्तरीका लागि किर्तिमानी खेलाडि महवुव आलमले नटआउट रहि ३४ बलमा ८ चौक्का र ३ छक्काको मद्धतले ५९ रन, आशिस झाले ५४ बलमा ८ चौक्का र २ छक्काको मद्धतले ५८ रन, रोहन बिकले ३३ तथा राहुल मण्डलले नटआउट रहि १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ सिरहाका प्रदिप पासवानले २ तथा दिलिप यादवले १ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच सप्तरीका किर्तिमानी खेलाडि महवुव आलम भएका थिए । आईतवार सप्तरी र महोतरी बिच खेल हुने जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले गर्नु भएको छ ।

तस्विरहरू :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *