सप्तरी र सर्लाही फाईनलमा भिडदै

टिम सेल्फि लिदै सप्तरीका खेलाडिहरू

१२ मंसिर, रौतहट ।
रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले मंगलवार आयोजक जिल्ला रौतहटलाई ३९ रनले पराजित गर्दै बिहिवार सर्लाहिसंग हुने फाईनलका लागि आफनो स्थान पक्का गरेको छ ।

स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सप्तरीका कप्तान महवुव आलमले टसजिती पहिलो ब्याटिंग गर्न निर्णय गरे पछि ब्याटिंग गर्न ओर्लेको सप्तरीले बिवेक यादवको आर्कषक ३९ बलमा ४ चौक्का र १ छक्काको मद्धतले ५० रनको मद्धतले निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेका थिए । बिवेक बाहेक सप्तरीका तर्फबाट रोहन बिकले २७ रनको योगदान दिएका थिए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुएका थिएनन ।

बलिंग तर्फ रौतहटका संजय बांगर र रवी साहले सामान २ बिकेट तथा बिकास पटेलले १ बिकेट लिएका थिए ।

म्यान अफ द म्याच बिवेक यादव

१ सय १३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको रौतहट सप्तरीका बलरहरु सामु निरिह हुदै ७३ रनमै समेटिएका थिए । एक समय रौतहट ९ ओभर ३ बलमा ४८ रनमा कुनै बिकेट नगुमाई बलियो अवस्थामा भएता पनी सप्तरीका किर्तिमानी खेलाडि महवुव आलमले ३ महत्वपुर्ण बिकेट लिए पछि रौतहटको ईनिंग धरासायि हुन पुगेको थियो । महवुवलाई रोहित सिंह र बिवेक यादवले सामान ३ बिकेट लिई साथ दिएका थिए भने बिवेक यादवले १ बिकेट लिएका थिए । रोहित सिंहले लिएका ३ बिकेट ह्याट्रिक वापत प्राप्त गरेका थिए । उनले २ ओभर ३ बलमा ३ रन दिएका थिए भने खेलको म्यान अफ द म्याचको पुरस्कार अलराउण्ड प्रर्दशन गरे वापत सप्तरीका बिवेक यादवलाई प्रदान गरिएको थियो ।

गत ५ गते देखि संचालित प्रतियोगिता अन्र्तगत प्रदेश नं. २ का ८ वटै जिल्लाले सहभागिता जनाएका थिए भने प्रतियोगिता अन्र्तगतको फाईनल खेल बिहिवार बिहान ११ः३० बजेबाट हुने जानकारी आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *