राजबिराज क्रिकेट लिग : एशियन क्रिकेट क्लब ६ रनले बिजयी

२२ मंसिर, राजबिराज ।
राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा सप्तरीको राजबिराजमा आजबाट शुरु भएको राजबिराज क्रिकेट लिगमा एशियन क्रिकेट क्लब मलेठले आयोजक राजबिराज स्र्पोटस क्लबलाई ६ बिकेटले पराजित गरेको छ ।

राजबिराजको राजरंगशालामा एशियन क्रिकेट क्लबले टसजिती पहिलो ब्याटिंग गर्ने निर्र्णय गर्दै निर्धारित २० ओभरको खेलमा १९ ओभर ४ बलाम १ सय ३१ रनको योगफल तयार पारेका थिए । जसमा अमर यादवले ३ छक्का र ६ चौक्काको मदतले ५७ रन तथा राहुल मण्डलले २७ रनको योगदान दिएका थिए । बलिंग तर्फ राजबिराज स्र्पोटसका तर्फबाट राज बर्मा र दिपेश शर्माले सामान ३ बिकेट तथा आकाश यादवले २ बिकेट लिएका थिए ।

१ सय ३१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज स्र्पोटसले २० ओभरमा ७ बिकेट गुमाई १ सय २५ रन मात्र जोडन सफल भएका थिए । स्र्पोटसलाई सस्तोमा समेटन एशियनका अभिजित साहले ३ तथा राकेश यादवले २ बिकेट लिएका थिए भने स्र्पोटसका लागि असन जमालले ३२, बिवेक यादवले २३ तथा कमल मण्डलले १३ रनको योगदान दिएका थिए ।

खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत एशियनका अमर यादवलाई आयोजक समितिका संयोजक रामजी यादवले ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगिताको उदघाटनका राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु यादव र उपप्रमुख साधना झाले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जयनारायण मण्डल तथा सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, सदस्य अनवर अलि तथा किर्तिमानी खेलाडि महवुव आलमको समेत उपस्थिती रहेको थियो । प्रतियोगिता अन्र्तगत सोमवार पहिलो खेल रंजितपुर क्रिकेट क्लब र सेभन स्टार बिच तथा दोश्रो खेल राजबिराज स्र्पोटस र सबल नेपाल बिच हुने जानकारी आयोजक समितिका रोहित सिंहले जानकारी गराउनु भएको छ ।

तस्विरहरू ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *