पहिलाे दिन बारा र सिरहा बिजय

२० मंसिर

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे पहिलाे खेलमा बारा र सिरहा बिजय भएका छन।

पहिलाे खेलमा सिरहा ले सप्तरी लाई ९० रनले पराजित गरेका छ भने बारा ले महाेतरी लाई ८ बिकेट ले पराजित गर्दै बिजय सुरूवात गरेका छन ।

साेमवार राजबिराज स्थित राजरंगशा खेल मैदानमा पहिलाे खेलमा टस जितेर सिरहा ले निर्धारित १४ ओभरमा १ बिकेट गुमाएर १ सय २८ रन काे याेगफल खडा गरेका थिए। जसमा सिरहा का अनुराधा चाैधरी ले अविजित ५२ रन अारती चाैधरी ले ५१ रन जाेडेका थिए। बलिँग तर्फ सप्तरीका कुनै खेलाडीले बिकेट हात पार्न सकेन भने एक जना खेलाडी रन आउट भएका थिए।

प्रतिउतरमा सप्तरी ले १२ भरमा सबै बिकेट गुमाएर ३३ रन मै सिमित रहे । जसमा सपना भुजेल ले १७ रन अविजित बाहेक कुनै खेलाडी दाेहाेर अंक पार गर्न सकेन, याे सँगै सिरहा ले ९५ रनले बिजय हात पारेकाे हाे। बिजय टिमका अनुराधा चाैधरीले म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

 

यसैगरी दाेस्राे खेलमा महाेतरी ले टस जितेर ब्याटिंग गर्दै निर्धारित १२ ओभरकाे खेलमा ३ बिकेट गुमाई ८२ रनकाे याेगफल खडा गरेका थिए । जसमा गाेमा आले ४० रन र राेजी खत्री ले १४ रन काे जाेडेका थिए। बलिंग तर्फ बारा का बन्दना गुप्ता २ र निकी कुशवाहा ले १ बिकेट हात पारेका थिए।

प्रतिउतरमा बारा ले अन्तिम बलमा अलिसा यादब ले चाैका प्रहार गरेपछि बिजय बिजय सहज भएकाे हाे। यसैगरी बारा का साना प्रविण ले उत्कृष्ठ ब्याटिंग गर्दै ३९ बलमा २८ रन बनाउदै अविजित रहेकी छिन, त्यस्तै अलिसा यादब ले ५ रन अविजित रहेर खेलकी छिन,। बलिंग तर्फ महाेतरी का राेजी खत्री र हेमा पटेल ले १/१ बिकेट हात पारेका थिए । खेलकाे म्यान अफ दि म्याच बिजय टिम का साना प्रविण खेलकाे म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी गराएकाे छ।

साे अवसरमा दुबै खेलका म्यान अफ दि म्याच खेलाडीहरूलाई प्रदेश क्रिकेट सँघ का सचिव आयुष श्रेष्ठ र अन्तराष्ट्रिय खेलाडी महबुव आलम ले कप प्रदान गरेका थिए । भाेलीकाे खेल सिरहा र महाेतरी तथा सर्लाही र बारा बिच हुने आयाेजक ले जनाएकाे छ ।

तस्विरहरू ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *