सप्तरी प्रदेश नं. २ स्तरीय क्रिकेटको च्याम्पियन (तस्विर सहित)

१३ मंसिर, रौतहट ।
रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले बिहिवार सर्लाहिलाई एकपक्षिय खेलमा ४६ रनले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ ।

स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सर्लाहिका कप्तान राजेश पुलामिले टस जिति पहिलो ब्याटिंगका लागि सप्तरीलाई निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेका सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय २६ रनको योगफल तयार पारेका थिए । सप्तरीका लागि आशिष झाले ३५ बलमा ३ चौक्का र १ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए भने महवुव आलमले २४ बलमा २ चौक्का र १ छक्काको मद्धतले २४ रन तथा बिकास दासले २४ बलमा १ चौक्का र २ छक्काको मद्धतले नटआउट रहि २८ रनको योगदान दिएका थिए भने अविनाश कर्णले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ सर्लाहिका सन्दिप खडकाले २ बिकेट तथा सुशान्त सिंह, समशाद सेख, सोहन यादव र राजेश पुलामि मगरले सामान १ बिकेट लिएका थिए ।

१ सय २७ रनको चुनौति लिई मैदानमा ओर्लेको सर्लाहिका ब्याट्सम्यानहरु सप्तरीको घातक बलिंग सामु निरिह हुदै १९ औं ओभरमा ८० रनमै समेटिएको थियो । सर्लाहिलाई सस्तोमा समेटन सप्तरीका किर्तिमानी खेलाडि महवुव आलमले आफनो ४ ओभरको स्पेलमा १ मेडन राख्दै १२ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए तथा उपेन्द्र रोयले ३ बिकेट लिएका थिए भने ३ खेलाडि रनआउट भएका थिए । सर्लाहिका लागि राजेश पुलामि मगर २१ रन बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन ।

खेलको म्यान अफ द म्याच सप्तरीका किर्तिमानी खेलाडि महवुव आलम घोषित भएका थिए भने उनले बेष्ट बौलर तथा म्यान अफ द सिरिजको उपाधि समेत हात पारेका थिए । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान सप्तरीका बिवेक यादव तथा उत्कृष्ट फिल्डर सर्लाहिका सन्दिप खडका भएका थिए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजार सहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने अन्य बिद्या प्राप्त गर्ने खेलाडिलाई रु. ५ हजार सहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो । जित संगै सप्तरीले रु. १ लाख नगद प्राप्त गरेका थिए भने सर्लाहिले रु. ५० हजारमै चित्त बुझाएका थिए ।

तस्विरहरू ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *