प्रदेश स्तरीय महिला क्रिकेट : सिरहा र महोतरीको बिजयी शुरुवात ।

उदघाटन गर्दै प्रमुख अतिथि जय नारायण मण्डल

३० मंसिर, राजबिराज ।
प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंगलवारबाट संचालित प्रदेश स्तरीय महिला छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत सिरहारले सप्तरीलाई तथा महोतरीले बारालाई पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।

राजरंगशालामा संचालित प्रतियोगिता अन्र्तगत भएको पहिलो खेलमा सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १४ ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा २७ रनमै समेटिएको थियो । सप्तरीका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेका थिएन भने अतिरिक्त रनको रुपमा १९ रन प्राप्त गरेका थिए । बलिंग तर्फ सिरहाका आरति चौधरीले ३ ओभरमा १ मेडन सहित २ रन दिई ३ बिकेट लिएका थिए भने अनुराधा चौधरी २ तथा सन्तोषी चौधरी, सरस्वती चौधरी र कविता गौतमले सामान १ बिकेट लिएकाथिए ।

२८ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्तलक्ष्य २ ओभर २ बलमा बिना कुनै बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । सिरहाका लागि आरती चौधरी ७ तथा अनुराधा चौधरी ५ रनमा नटआउट रहेका थिए ।
खेलको म्यानअफ द म्याच सिरहाका उत्कृष्ट बलिंग गरे वापत आरती चौधरी भएका थिए ।

मंगलवार नै सम्पन्न एक अर्को खेलमा बाराले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको अ‍ेलमा ८ बिकेट गुमाई ६८ रन बनाएका थिए । बाराका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेका थिएन भने अतिरिक्त रनको रुपमा ३१ रन प्राप्त गरेका थिए । बलिंगतर्फ रेजि कडेरीले ४ ओभरमा १२ रन दिई ३ बिकेट प्राप्त गरेका थिएभने बिमाला मगर, मानसी चौहान र शोभा आलेले सामान १ बिकेट लिएका थिए ।

६९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको महोतरीले उक्त लक्ष्य सजिलै ७ ओभर २ बलमा २ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । महोतरीका लागि बिमला मगरले नटआउट रहि १९ रनको योगदान दिएका थिए भने पुष्पा फुयालले १२ रनको योगदान दिएका थिए । बलिंग तर्फ बाराका साना प्रबिन र चान्दनी अधिकारीले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यानअफ द म्याच उत्कृष्ट बलिंग गरे वापत महोतरीका रोजि कडारी घोषित भएका थिए ।

प्रतियोगिता अन्र्तगत राजबिराज नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जयनारायण मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो प्रतियोगिताको उदघाटन संयुक्त रुपमा वडा अध्यक्ष र पुर्व अन्र्तराष्ट्रिय खेलाडि दिपेन्द्र चौधरीले गर्नु भएको थियो ।

 

तस्विरहरू

उदघाटन गर्दै प्रमुख अतिथि जय नारायण मण्डल

Leave a Reply

Your email address will not be published. Required fields are marked *